बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

प्रतिनिधिसभामा फोहोरमैला व्यवस्थापन विधेयक पेस, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड

बुधबार, असोज ७ २०८३
प्रतिनिधिसभामा फोहोरमैला व्यवस्थापन विधेयक पेस, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड

विधेयकको मुख्य उद्देश्य फोहरमैलाबाट मानव स्वास्थ्य र वातावरणमा पर्नसक्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्नु रहेको छ।

काठमाडौं- प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ पेस गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पेस गरेको उक्त विधेयकलाई सदनले विचारार्थ प्रस्तुत गर्न अनुमति प्रदान गरेको हो।

मन्त्री लम्सालले सो विधेयक प्रस्तुत गर्न अनुमति माग्दै पेस गरेको प्रस्तावमाथि कुनैपनि सदस्यबाट विरोधको सूचना नपरेपछि सभामुखले विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए। 

विधेयक पेस गर्दै मन्त्री लम्सालले फोहरमैलाको उत्सर्जन, संकलन, विसर्जन र समग्र व्यवस्थापनमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको भूमिका र जिम्मेवारीलाई थप स्पष्ट पार्न आवश्यक रहेको बताए। उनले तीन तहका सरकारबीच प्रभावकारी समन्वय कायम गर्दै स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्न यो विधेयक अपरिहार्य रहेको उल्लेख गरे।

विधेयकको मुख्य उद्देश्य फोहरमैलाबाट मानव स्वास्थ्य र वातावरणमा पर्नसक्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्नु रहेको छ।

साथै, चक्रीय अर्थतन्त्रको अवधारणालाई आत्मसाथ गर्दै फोहरमैला प्रशोधन गरी त्यसलाई स्रोत सामग्रीका रूपमा उपयोग गर्ने कानूनी आधार तयार पार्ने लक्ष्य राखिएको छ।


प्रकाशित : बुधबार, असोज ७ २०८३१२:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend