बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँट

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ५ २०८३
बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँट

कम्पनीले गत भदौ २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता साधारण सेयर निष्कासन गरेको थियो। यसअनुसार कम्पनीले सर्वसाधारणबाट ८ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको सेयरका लागि आवेदन माग गरेको थियो।

काठमाडौं- बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ सोमबार बिहान बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो।

कम्पनीले गत भदौ २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता साधारण सेयर निष्कासन गरेको थियो। यसअनुसार कम्पनीले सर्वसाधारणबाट ८ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको सेयरका लागि आवेदन माग गरेको थियो।

कम्पनीको आईपीओमा २३ लाख ५१ हजार ५६० जना आवेदकले २ करोड ६२ लाख ९१० कित्ता सेयरका लागि आवेदन दिएका थिए। तीमध्ये २३ लाख ५ हजार २३३ वटा आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथामार्फत बाँडफाँट गरिएको हो। बाँडफाँटअनुसार ८६ हजार ३२० जना भाग्यमानी आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर पाएका छन्।

 


प्रकाशित : सोमबार, असोज ५ २०८३१०:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend