काठमाडौं- नेपाल राष्ट्र बैंकले पचास रुपैयाँ दरको नयाँ बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ।
राष्ट्र बैंकका अनुसार नयाँ नोटको आकार र रङ पहिलैकै जस्तो हुनेछ। नोटमा गभर्नर डा. विश्वनाथ पौडेलको दस्तखत रहनेछ। नोटको सिरिजमा विसं २०८२ उल्लेख छ।
नोटको अग्रभागमा सगरमाथाको चित्र र लालीगुराँसको पानी छाप राखिएको छ। पानी छापमा ‘५०’ अङ्कसमेत हुनेछ। नोटमा १.२ मिलिमिटर चौडा सुरक्षण धागो राखिएको छ जसमा ‘अंग्रेजीमा एनआरबी’ लेखिएको छ।
पृष्ठभागमा हिउँचितुवाको चित्र राखिएको छ।
राष्ट्र बैंकले ५० रुपैयाँ दरको यस नोटका संकेत नम्बर २४ट ०००००१ देखि ७०ण ९९९९९९ सम्म रहने जनाएको छ।