बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

कामना सेवाको २०औँ वार्षिक साधारणसभाबाट १५ प्रतिशत लाभांश पारित

बुधबार, भदौ ३१ २०८३
कामना सेवाको २०औँ वार्षिक साधारणसभाबाट १५ प्रतिशत लाभांश पारित

त्यसैगरी, सभाबाट बाह्रय लेखापरीक्षक एनबीएसएम एण्ड एसोसिएट्सलाई नियुक्त गर्ने प्रस्ताव समेत पारित भएको छ।

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ।

उक्त वार्षिक साधारणसभाबाट बैंकका अग्राधिकार सेयरधनीहरूले अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभांश पारित गरेको छ।

साथै, उक्त साधारणसभाबाट लेखापरीक्षकको प्रतिवेदन सहित आव २०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तिय विवरणसँग सम्बन्धीत अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ।

त्यसैगरी, सभाबाट बाह्रय लेखापरीक्षक एनबीएसएम एण्ड एसोसिएट्सलाई नियुक्त गर्ने प्रस्ताव समेत पारित भएको छ।


प्रकाशित : बुधबार, भदौ ३१ २०८३१६:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend