बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब ३ करोड १२ लाख ७६ हजार ९ सय ४० रुपैयाँ जम्मा

मंगलबार, भदौ ३० २०८३
प्रधानमन्त्री राहत कोषमा १४ अर्ब ३ करोड १२ लाख ७६ हजार ९ सय ४० रुपैयाँ जम्मा

राहत कोषबाट केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब रुपैयाँ निकासा गरिएको थियो।

काठमाडौं- प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १४ अर्ब ३ करोड १२ लाख ७६ हजार ९ सय ४० रुपैयाँ जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज मंगलबार बिहान ९ बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५ सय १६ रुपैयाँ जम्मा भएको छ।

त्यस्तै, कोषका अन्य दुई वटा बैंकमा रहेको डलर खातामा २ करोड ३७ लाख ६ हजार ५ सय ७५ अमेरिकी डलर (आजको विनिमयअनुसार ३ अर्ब ६२ करोड १३ लाख ३३ हजार ४ सय २४ नेपाली रुपैयाँ) जम्मा भएको छ।

राहत कोषबाट केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब रुपैयाँ निकासा गरिएको थियो।


प्रकाशित : मंगलबार, भदौ ३० २०८३११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend