बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने

शनिबार, भदौ २७ २०८३
बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने

धारापानी क्षेत्रमा एक सय ३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाले करिब ५० मिटर सडक ढलान गर्ने भएको हो।

लमजुङ- लमजुङ र मनाङ जोड्ने बेँसीसहर-चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिका-३ धारापानीमा सडक ढलान गर्न आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सडक पूर्णरूपमा बन्द हुने भएको छ।

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार धारापानी क्षेत्रमा एक सय ३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाले करिब ५० मिटर सडक ढलान गर्ने भएको हो। सडक साँघुरो हुनुका साथै दुवैतर्फ घर रहेकाले ढलानका क्रममा सवारीसाधन सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न नसकिने भएकाले सडक पूर्ण रूपमा बन्द गर्न लागिएको उनले बताए।

आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कुनै प्रकारका सवारीसाधन सञ्चालन गर्न पाइने छैन। साँझ ५ बजेदेखि भोलि बिहान १० बजेसम्म भने भारी सवारीसाधन सञ्चालन गर्न नपाइने उनले बताए। रासस


प्रकाशित : शनिबार, भदौ २७ २०८३११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend