काठमाडौं- शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।
तोलामा ४ हजार ८ सय रूपैयाँले घट्दै सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रूपैयाँ कायम भएको छ।
बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदी पनि आज २५५ रूपैयाँले सस्तिएको छ।
चाँदीको मूल्य आजका लागि प्रतितोला ४ हजार ६ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यो साता बिहीबार चाँदी प्रतितोला ४ हजार ८५५ रूपैयाँमा कारोबार भएको थियो।