बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

ब्यांक्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण, कालोबजारी गर्ने दुईजना पक्राउ

शुक्रबार, भदौ २६ २०८३
ब्यांक्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण, कालोबजारी गर्ने दुईजना पक्राउ

जिल्ला प्रहरीले ग्यास कालोबजारी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।

भक्तपुर- जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्यांक्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरेको छ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझको अनुगमनमा ती सिलिन्डर सर्वसाधारणलाई वितरण गरिएको हो।

ब्यांक्वेट सञ्चालकले असोजमा पार्टी प्यालेसमा धेरै भोज हुने भएकाले आफूले चितवन पुगेर बिहीबार मात्र ग्यास ल्याएको जानकारी दिँदै स्थानीय प्रशासनको अनुरोधमा आवश्यक परेकालाई ग्यास वितरण गरिएको जानकारी दिए।

यसैबीच, जिल्ला प्रहरीले ग्यास कालोबजारी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। भक्तपुर नगरपालिका-२ इटाछेबाट १४ वटा सगर ग्यास सिलिन्डरसहित ४१ वर्षीय राजेश कर्मचार्य र सूर्यविनायक नगरपालिका-३ ब्रह्मनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश साहलाई पक्राउ गरिएको छ।

सर्लाहीको बरहथवा नगरपालिका-७ का साहले प्रतिसिलिन्डर २ हजार ८ सय रूपैयाँमा बिक्री गर्दै आएको सूचना पाएपछि उनलाई पक्राउ गरिएको हो। निजको पसलबाट ७५ वटा हिमाल ग्यासका सिलिन्डर जफत गरिएको छ। रासस


प्रकाशित : शुक्रबार, भदौ २६ २०८३११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend