बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सेयर बजारमा १३ अंकको गिरावट, कारोबार ४ अर्बको

बिहीबार , भदौ २५ २०८३
सेयर बजारमा १३ अंकको गिरावट, कारोबार ४ अर्बको

बिहीबार १९९ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ११ कम्पनीको भने स्थिर छ।

काठमाडौं- सेयर बजारमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ। बिहीबार बजार १३.८५ अंकले घटेर २५३१.५५ बिन्दुमा ओर्लिएको छ।

६८ वटा कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ९ लाख ७१ हजार रूपैयाँको कारोबार भएको छ।

बिहीबार १९९ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ११ कम्पनीको भने स्थिर छ।

यो साता पहिलो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य वृद्धि देखिएको थियो। सोमबार बजार १८ अंकले बढेको थियो। लगातारजसो ओरालो लागिरहेको बजार दोस्रो कारोबारमा बुधबार भने पुन:१५.४३ अंकले ओरालो लागेको थियो।


प्रकाशित : बिहीबार , भदौ २५ २०८३१५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend