काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिएकी छिन्।
प्रधानमन्त्री बालेन शाहसमक्ष यादवले राजीनामा दिएकी हुन्। मन्त्री यादवको सचिवालयले उनको राजीनामामा व्यक्तिगत कारण रहेको उल्लेख गरेको छ।
मन्त्री यादवले उद्योग समितिको बुधबारको बैठकमा 'उद्योगीलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन' भन्ने अभिव्यक्ति दिएपछि उनको आलोचना भइरहेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले समेत ग्यास अभावको विषयमा सरकारको आलोचना गरिरहेका थिए।
एलपी ग्यासको अभाव भइरहँदा मन्त्रीले जिम्मेवारीबाट पन्छिँदै गलत अभिव्यक्ति दिएको आलोचना सामाजिक सञ्जालमा समेत भइरहेका थिए।
यादव २०८२ चैत २७ मा प्रधानमन्त्री शाह नेतृत्वको मन्त्रिपरिषद्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त भएकी थिइन्। उनी महोत्तरी-४ बाट निर्वाचित रास्वपा सांसद हुन्।
यसअघि श्रम मन्त्रालयको जिम्मेवारी पाएका दीपक शाह विवादमा परेपछि उनलाई मन्त्री पदबाट हटाइएको थियो। मन्त्री साहले आफ्नो पदीय शक्तिको दुरुपयोग गर्दै आफ्नी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा नियुक्ति दिलाउन दबाब दिएको आरोप लागेको थियो। जसकारण विवादमा परेपछि मन्त्री नियुक्त भएको १३ दिनमै उनलाई पदमुक्त गरिएको थियो।
हेर्नुस् त कस्तो अवस्थामा जनता छन्, हामीले यो परिकल्पना गरेर सरकारमा आएको हो?