बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा चिराग गोयल निर्वाचित

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २५ २०८३
एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा चिराग गोयल निर्वाचित

नेप्लिज योङ इन्टरप्रेनर फोरम काठमाडौंको अध्यक्षसमेत भइसकेका उनी नेपाल सेन्टर फर पोलिटिकल लिडरसिपका सहसंस्थापक पनि हुन्।

झापा- उद्यमी तथा लगानीकर्ता चिराग गोयल एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालकमा निर्वाचित भएका छन्। बैंकको २०औं वार्षिक साधारणसभाले गोयललाई सञ्चालक समितिको सदस्यमा चयन गरेको हो।

झापाको बुढाबारे स्थायी घर भएका गोयल गोयल समूहमा आबद्ध छन्। गोयल उत्पादन, व्यापार, बैंकिङ तथा वित्त, बीमा, रियल इस्टेट, खानी, नवीकरणीय ऊर्जा, कृषि, आतिथ्य र निर्माणलगायत क्षेत्रमा सक्रिय छन्।

सामाजिक तथा मानवीय काममा पनि सक्रिय गोयल  सन् २०१५ को भूकम्पपछि हेल्पिङ ह्याण्ड्स नेपाल मार्फत् लागेका थिए। विभिन्न सामाजिक कल्याणकारी संस्थामा उनी अहिले पनि सक्रिय छन्। 

नेप्लिज योङ इन्टरप्रेनर फोरम काठमाडौंको अध्यक्षसमेत भइसकेका उनी नेपाल सेन्टर फर पोलिटिकल लिडरसिपका सहसंस्थापक पनि हुन्। 


प्रकाशित : बिहीबार , भदौ २५ २०८३१२:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend