बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी रकम जम्मा

बिहीबार , भदौ २५ २०८३
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी रकम जम्मा

कोषका दुईवटा बैंकमा रहेको डलर खातामा २ करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर जम्मा भएको छ। राहत तथा उद्धार र पुन:स्थापनाका लागि

काठमाडौं- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रूपैयाँ जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज  बिहान ९ बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ रूपैयाँ मौज्दात छ।

त्यस्तै, कोषका दुईवटा बैंकमा रहेको डलर खातामा २ करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर जम्मा भएको छ।

नेपाली रूपैयाँ र अमेरिकी डलरको मौज्दात जोड्दा कोषको कुल उपलब्ध रकम १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रूपैयाँ पुगेको कार्यालयले जनाएको छ।

विवरणअनुसार भदौ २५ गते मात्रै नेपालीतर्फ १७ करोड २५ लाख ६९ हजार ६७५ रूपैयाँ र अमेरिकी डलरतर्फ २ लाख ७४ हजार ६२ डलर थप संकलन भएको छ।

राहत कोषबाट केही दिन अघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रूपैयाँ निकासा गरिएको थियो। रासस


प्रकाशित : बिहीबार , भदौ २५ २०८३१२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend