बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै, समसामयिक विषयमा छलफल तथा निर्णय हुने

बिहीबार , भदौ २५ २०८३
दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै, समसामयिक विषयमा छलफल तथा निर्णय हुने
फाइल तस्बिर

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुनःस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न बैठक बोलाइएको हो।

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठकमा समसामयिक विषयमा छलफल हुनेछ। 

यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीपछि सरकारका सबै संयन्त्र खोज, उद्धार, उपचार, राहत र प्रभावितको पुनःस्थापनामा निरन्तर जुटिरहेका छन्।

सोही सन्दर्भमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुनःस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न बैठक बोलाएको जनाइएको छ। रासस


प्रकाशित : बिहीबार , भदौ २५ २०८३११:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend