बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

दुई ठाउँको पुल बाढीले बगाएपछि अवरुद्ध मनास्लु पदमार्ग फड्के बनाएर पुनः सञ्चालनमा

बुधबार, भदौ २४ २०८३
दुई ठाउँको पुल बाढीले बगाएपछि अवरुद्ध मनास्लु पदमार्ग फड्के बनाएर पुनः सञ्चालनमा

चुमनुब्री गाउँपालिका-४ नाम्रुङस्थित थेराङ र सुराङ खोलामाथि फड्के हालेर पदमार्ग पुनः सञ्चालनमा ल्याइएको हो।

गोरखा- मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द भएपछि स्थानीयले फड्के बनाएर पुनः सञ्चालनमा ल्याएका छन्। चुमनुब्री गाउँपालिका-४ नाम्रुङस्थित थेराङ र सुराङ खोलामाथि फड्के हालेर पदमार्ग पुनःसञ्चालनमा ल्याइएको हो।

चुमनुब्री गाउँपालिका-४ वडाअध्यक्ष पेमा ग्याल्पो लामाका अनुसार गत आइतबार नाम्रुङस्थित फलामे पुल थेराङ खोलाको बाढीले बगाएको थियो। यस्तै सुक्समको झोलुंगे पुल पनि बूढीगण्डकीको बाढीले बगाएको थियो। सुक्सममा पहिरोले बाटो बगाएपछि आवतजावत बन्द भएको थियो।

अहिले बूढीगण्डकीले पुल बगाएपछि अवरुद्ध भएको सुक्सममाथि वैकल्पिक बाटो बनाएर आवतजावत खुलाइएको वडाअध्यक्ष लामाले बताए।

'थेराङमा फड्के बनाएपछि त्यहाँ बाटो खुलिसकेको छ’, उनले भने, ‘सोमबार र मंगलबार सुक्सममाथि वैकल्पिक बाटो खनेर सुरङ खोलामाथि फड्को बनाएर अस्थायी आवतजावत खुलाएका छौँ।' 

काठको मुढा तेर्साएर दुइतर्फी बार लगाएको फड्के निर्माण गरिएको वडाध्यक्ष लामा बताउँछन्। सुराङको फड्के तरेर स्याउबारी हुँदै नाम्रुङ निस्कने वैकल्पिक बाटो निर्माण भएको छ।

आइतबार बिहान थेराङ खोलामा गएको बाढीले नाम्रुङका चार घर, दुई लघुजलविद्युत् र एक पुल बगाएको थियो। साथै, सोही बाढीले बूढीगण्डकीको बहाव बढ्न गई सुक्समस्थित झोलुंगे पुल बगाएको र पहिरोसमेत झरेपछि मनास्लु पदमार्ग अवरुद्ध बनेको थियो। रासस


प्रकाशित : बुधबार, भदौ २४ २०८३१८:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend