काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा 'सजिलो घर कर्जा' र 'सवारीसाधन कर्जा' योजना सार्वजनिक गरेको छ।
यो योजनाअन्तर्गत कायम रहेको ब्याजदर घर कर्जामा ५ वर्षसम्म स्थिर र सवारीसाधन कर्जामा ३ वर्ष सम्म स्थिर रहने छ।
स्थिर अवधि समाप्त भएपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १.५५ प्रिमियम दर थप गरी ब्याजदर कायम गरिने जनाएको छ। कर्जाका लागि बैंकको जुनसुकै शाखामा जान सकिन्छ।
सिटिजन्स बैंकले देशभरका आफ्ना २ सय शाखा, १६९ वटा एटीएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ इकाइहरुमार्फत २० लाख ६४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा उपलब्ध गराइरहेको छ।