काठमाडौं- भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३६७ पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाका अनुसार बेपत्तामध्ये रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२६, नवलपरासी पश्चिममा २२२ र चितवनमा ३६३ जनाको शव फेला परेको छ।
तीमध्ये हालसम्म १०२ वटा शवको सनाखतपछि आफन्तले बुझिसकेका छन्।
५ हजार १३२ जना अझै सम्पर्कविहीन छन्। विदेशी पर्यटक पनि हराइरहेका छन्।
हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
उद्धार गरिएकामध्ये ३ हजार ६२८ जनाले विभिन्न स्थानमा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्।