बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

रसुवा बाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

बुधबार, भदौ २४ २०८३
रसुवा बाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

प्रतिनिधिसभा, अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले खड्कको संयोजकत्वमा उक्त उपसमिति गठन गरेको हो।

काठमाडौं- रसुवा बाढीले पारेको प्रभाव अध्ययन गर्न सांसद सुशील खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ। अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले खड्कको संयोजकत्वमा उक्त उपसमिति गठन गरेको हो।

उपसमितिको सदस्यमा सांसद नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा पुष्पराज कँडेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक सदस्य रहेका छन्।

प्रतिनिधिसभा, अर्थ समितिले रसुवाबाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको हो।

समितिका सभापति डा कृष्णहरि बुढाथोकीले उपसमितिले रसुवा बाढीसँग सम्बन्धित र जलवायु वित्तसम्बन्धी अध्ययन गरी असोज २ गतेभित्र प्रतिवेदन पेस गर्नका लागि कार्यदेश दिइएको बताए। उनले उपसमितिले रसुवा बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्तसम्बन्धी विषयमा अध्ययन गर्ने कार्यदेश दिइएको जानकारी दिए। 


प्रकाशित : बुधबार, भदौ २४ २०८३१२:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend