काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले कुलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक तथा आवश्यक सामग्री वितरण गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शाखा कार्यालय कुलेश्वरमार्फत उक्त विद्यालयमा अध्ययनरत विपन्न तथा गरिब विद्यार्थीहरुलाई सहयोग गरेको हो।
बैंकका काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले विद्यार्थीहरुलाई पोसाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए। बैंकले विद्यार्थीहरुको पठनपाठनमा सहजता पुर्याउने उद्देश्यले स्टेसनरी तथा शैक्षिक सामग्रीहरु, स्कुल ब्याग, स्कुल ड्रेस र हाउस ड्रेस, जुत्ता तथा अन्य आवश्यक सामग्रीहरु वितरण गरेको हो।
विद्यालयका प्रधानाध्यापक भानुभक्त विष्टले बैंकले सहयोगका लागि बैंकलाई धन्यवाद दिए। उनले यस प्रकारको सहयोगले विद्यार्थीहरुलाई अध्ययनमा थप हौसला प्रदान गर्नुका साथै विद्यालयको शैक्षिक वातावरणमा समेत सकारात्मक प्रभाव पार्ने धारणा राखे।
यस्तै, बैंकका काठमाडौं क्षेत्र प्रमुख शर्माले आर्थिक अभावका कारण आवश्यक शैक्षिक सामग्रीबाट वञ्चित विद्यार्थीहरुलाई गरिएको यस सहयोगले उनीहरुको पठनपाठनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।
यससँगै बैंकले आगामी दिनहरुमा समेत आवश्यकता र प्राथमिकताका आधारमा यस्ता सामाजिक उत्तरदायित्व मूलक कार्यक्रमहरुलाई निरन्तरता दिने बताए।