काठमाडौं- नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले भोटेकोशी बाढी प्रभावितका लागि ५० लाख रूपैयाँ सहयोग गरेको छ।
नाइमा अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग हस्तान्तरण गरिएको हो।
अध्यक्ष ऋतु सिंह वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि यसको मूल भावना विपद्को घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु रहेको बताइन्। उनले विशेषगरी नाइमा का सदस्य कम्पनीहरूसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट यो सहयोग प्रदान गरिएको उल्लेख गर्दै संकट र विपद्का समयमा नाइमा सधैँ सरकार तथा प्रभावित समुदायसँगै उभिने प्रतिबद्धता व्यक्त गरिन्।
'यो केवल आर्थिक सहयोग मात्र नभइ कठिन समयमा हामी प्रभावित समुदायसँगै छौँ भन्ने ऐक्यबद्धताको सन्देश पनि हो,' उनले भनिन्।