बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी बाढी प्रभावितलाई नेपाल टेलिकमका कर्मचारीहरुको २ करोड २ लाख सहयोग

मंगलबार, भदौ २३ २०८३
भोटेकोशी बाढी प्रभावितलाई नेपाल टेलिकमका कर्मचारीहरुको २ करोड २ लाख सहयोग

टेलिकमका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग हस्तान्तरण गरेकी हुन्।

काठमाडौं- भोटेकोशी बाढी प्रभावितका लागि नेपाल टेलिकमका कर्मचारीहरुले आर्थिक सहयोग गरेका छन्। टेलिकममा हाल कार्यरत सम्पूर्ण कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २ करोड २ लाख २६ हजार रूपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ।

टेलिकमका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट एक कार्यक्रमका बीच प्रबन्ध निर्देशक संगीता पहाडीले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन्।

यसअघि पनि बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपदका समयमा कम्पनीमा कार्यरत कर्मचारीहरूले व्यक्तिगत तथा सामूहिकरूपमा आर्थिक सहयोग गर्दै आएका थिए। विपदबाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले नेपाल टेलिकमका विभिन्न तहमा कार्यरत कर्मचारीहरूको तलबबाट तहगत योगदानका आधारमा रकम कट्टा गरी सहयोग गरिएको हो।

टेलिकमले संस्थागतरुपमा कम्पनीको तर्फबाट समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छुट्टै रकम केही दिनभित्रै उपलब्ध गराउने जनाएको छ।


प्रकाशित : मंगलबार, भदौ २३ २०८३१२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend