बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

धरानस्थित भाटभटेनी सुपरस्टोर बुधबारदेखि पुन: सञ्चालनमा आउँदै

मंगलबार, भदौ २३ २०८३
धरानस्थित  भाटभटेनी सुपरस्टोर बुधबारदेखि पुन: सञ्चालनमा आउँदै

ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता छ।

काठमाडौं- धरानको पुतलीलाइनस्थित भाटभटेनी सुपरस्टोर बुधबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ। जेनजी आन्दोलनमा क्षति बेहोरेको धरानस्थित भाटभटेनी पुन: सञ्चालनमा आउन लागेको हो।

भोलिदेखि दैनिकरूपमा नियमित सेवा प्रदान गर्ने भाटभटेनी सुपरस्टोरका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए।

ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता छ।

गतवर्ष भदौ २३ र २४ गते जेनजी आन्दोलनमा ठूलो क्षति बेहोरेको मिनबहादुर गुरुङको भाटभटेनी सुपरस्टोर बिस्तारै पुरानै लयमा फर्किन थालेको छ।

जेनजी आन्दोलनको समय काठमाडौंसहित देशभर भएका आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा क्षति पुगेको थियो। जसमा १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८ सय ५४ रुपैयाँबराबरको क्षति भयो।

जेनजी आन्दोलनका क्रममा गम्भीर क्षति पुगेकामध्ये ७ वटा स्टोर पुनः सञ्चालनमा आएका छन्। सञ्चालनमा फर्किएका स्टोरको मासिक आम्दानी पनि आन्दोलनअघिको अवस्थासँग मिल्दोजुल्दो गतिमा फर्किन थालेको

बीमा दाबी, बैंक ऋणको पुनर्संरचना र क्षतिग्रस्त स्टोरको पुनः सञ्चालनमार्फत भाटभटेनीले व्यवसायलाई क्रमशः सामान्य अवस्थामा फर्काउँदै लगेको छ।


प्रकाशित : मंगलबार, भदौ २३ २०८३१०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend