बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

टाइम्स बिजनेस किया बुटवलको डिलर, क्विक सर्भिससमेत उपलब्ध गराउने

सोमबार, भदौ २२ २०८३
टाइम्स बिजनेस किया बुटवलको डिलर, क्विक सर्भिससमेत उपलब्ध गराउने

टाइम्स बिजनेसले कियाको कार बिक्रीसँगै क्विक सर्भिससमेत उपलब्ध गराउने छ।

काठमाठौं- बुटवल तथा आसपासको क्षेत्रमा कियाका कार अब टाइम्स बिजनेस प्रालिले बिक्री गर्ने भएको छ। कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिले हालै टाइम्स बिजनेसलाई बुटवलको स्थानीय डिलर नियुक्त गरेको हो। 

टाइम्स बिजनेसले बुटवलको डिलर नियुक्त भएसँगै त्यहाँ शोरुम निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ। बुटवलमा सञ्चालनमा आएको कियाको शोरुमबाट रुपन्देही तथा आसपासका उपभोक्तालाई सहज हुने विश्वास टाइम्स बिजनेसको छ। 

कियाको सोनेट, सेल्टोस, स्पोर्टेज सोसेन्ट हाइब्रिड लगायत कार नेपाली बजारमा उपलब्ध छन्। त्यस्तै ईभी नाइन तथा ईभी सिक्स लगायत विद्युतीय कार यसअघि उपलब्ध थिए। अब भने कियाको नयाँ ईभी साइरोस नेपाली बजारमा आउने तयारीमा छ। 

टाइम्स बिजनेसले कियाको कार बिक्रीसँगै क्विक सर्भिससमेत उपलब्ध गराउने छ। उपभोक्तालाई बिक्रीपछिको सेवासमेत एकै स्थानबाट प्राप्त होस् भनेर शोरुमसँगै क्विक सर्भिस सेन्टरसमेत सञ्चालनमा ल्याइएको टाइम्स बिजनेसका एमडी दिपकराज गिरीले जानकारी दिए।  

टाटा प्यासेन्जर भेहिकल व्यवसायमा एक दशक काम गरेका गिरी नेपालमा १५ हजार टाटा सुमो बिक्री गर्न सफल व्यावसायिक टोलीमा महत्त्वपूर्ण भूमिकामा थिए। त्यस्तै जेसीबी नेपालकाे ब्यवसायिक इतिहासमा  डीजीएम भइ कार्यरत रहँदा सबैभन्दा धेरै इक्पिवमेन्ट बिक्रि तथा सबैभन्दा धेरै बजार हिस्सा बनाउने श्रेय पनि उनैलाई जान्छ। 

अटोमोबाइल व्यवसायमा हासिल गरेको यही अनुभवलाई उपयोग गर्दै उनले २०१९ देखि कन्टिनेन्टलसँग आवद्ध रही काठमाडौं उपत्यकाकाे लागि ईसुजुकाे एक्सक्लुसिभ डिलर भइ उत्कृष्ट सेल्स गर्दै आएकाे टाइम्स बिजनेसले  कियाका विश्वस्तरीय गाडी र भरपर्दो सेवा बुटवल तथा आसपासका ग्राहकसम्म पुर्‍याउने लक्ष्य राखेको छ।


प्रकाशित : सोमबार, भदौ २२ २०८३१७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend