बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी बाढीमा पहिचानको कठिनाइ, तस्बिर हेर्दै पर्खिंदै आफन्त

सोमबार, भदौ २२ २०८३
भोटेकोशी बाढीमा पहिचानको कठिनाइ, तस्बिर हेर्दै पर्खिंदै आफन्त

अस्पतालमा राख्ने स्थान नहुँदा चितवन, कास्की, काठमाडौंलगायतका विभिन्न जिल्लाहरुमा जमिनमुनि शवको अस्थायी व्यवस्थापन गरिएको सरकारको भनाइ छ।

काठमाडौं- रसुवा भोटेकोशी हुँदै त्रिशुलीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको पहिचान र खोजीका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा तस्बिरहरू सार्वजनिक गरिएको छ।

बाढीका कारण ५ हजारभन्दा बढी मानिस सम्पर्कविहीन रहेको तथ्यांक छ। हालसम्म १ हजार ३ सयभन्दा बढी शव फेला परे पनि तीमध्ये जम्मा ९८ जनाको मात्रै पहिचान खुल्न सकेको छ।

पहिचान हुन नसकेका अन्य शवहरूको सनाखतका लागि अस्पतालले डीएनए परीक्षण प्रक्रिया अगाडि बढाएको छ। यसका लागि बेपत्ताका आफन्तहरूले आफ्नो डीएनए नमूना दिने क्रम जारी छ।

विपद्को १३ दिन बितिसक्दा पनि आफन्तहरूको अवस्थाबारे ठोस जानकारी प्राप्त हुन नसकेपछि अस्पताल धाउने परिवारका सदस्यहरूको संख्यामा बिस्तारै कमी आउन थालेको छ।

सुरुका दिनहरूमा अस्पताल परिसरमा आफन्तहरूको बाक्लो उपस्थिति देखिए पनि पछिल्लो समय सो क्रम घट्दै गएको अस्पताल स्रोतले जनाएको छ।

अस्पतालमा राख्ने स्थान नहुँदा चितवन, कास्की, काठमाडौंलगायतका विभिन्न जिल्लाहरुमा जमिनमुनि शवको अस्थायी व्यवस्थापन गरिएको सरकारको भनाइ छ।


प्रकाशित : सोमबार, भदौ २२ २०८३१७:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend