बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

१८ अंकले बढ्यो सेयर बजार, ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २२ २०८३
१८ अंकले बढ्यो सेयर बजार, ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार

परिसूचकसँगै कारोबार रकममा पनि बढेको छ। बिहीबार ३ अर्ब ४६ करोड ५२ लाख १ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा आज कारोबार रकम बढेर ३ अर्ब  ८२ करोड ४३ लाख ४९ हजार रुपैयाँ पुगेको छ।

काठमाडौं- साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेको छ।

आज सोमबार नेप्से परिसूचक १८.०७ अंकले बढेर २५६०.८४ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन बिहीबार नेप्से ४.६६ अंकले बढेर २५४२.७७ बिन्दुमा पुगेको पुगेको थियो।नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ४.४६ अंक, फ्लोट इण्डेक्स १.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंकले बढेको छ।

परिसूचकसँगै कारोबार रकममा पनि बढेको छ। बिहीबार ३ अर्ब ४६ करोड ५२ लाख १ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा आज कारोबार रकम बढेर ३ अर्ब  ८२ करोड ४३ लाख ४९ हजार रुपैयाँ पुगेको छ।

कुल ३५२ स्टकको ५० हजार ७८९ पटकको कारोबारमा ९२ लाख ८५ हजार ६ सय ३१ कित्ता सेयर खरिदबिक्री भएका छन्। पियोर इनर्जी लिमिटेडको सेयरमूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक सामान्य अंकले घटेको छ भने बाँकी ११ उपसमूह बढेको छ।  निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०५ प्रतिशत बढेको छ।

त्यस्तै, यस दिन बैंकिङ र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको वित्त र व्यापार उपसमूहको परिसूचक यस दिन सामान्य अंक घटेको छ।


प्रकाशित : सोमबार, भदौ २२ २०८३१५:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend