बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी बाढीपीडितका लागि सिटिजन्स बैंकको २ करोड २२ लाख रूपैयाँ सहयोग

सोमबार, भदौ २२ २०८३
भोटेकोशी बाढीपीडितका लागि सिटिजन्स बैंकको २ करोड २२ लाख रूपैयाँ सहयोग

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशी बाढीपीडितका लागि २ करोड रूपैयाँभन्दा बढी सहयोग गरेको छ।

भदौ १० आएको बाढी प्रभावितको उद्धार तथा राहतका लागि बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा २ करोड २२ लाख २२ हजार २ सय २२ रूपैयाँ उपलब्ध गराएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले सहयोग रकम हस्तान्तरण गरेका हुन्।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ, शिक्षा लगायतका क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको छ। भविष्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने बैंकले जनाएको छ। 

यस भीषण बाढीका कारण बैंकको देवीघाट शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएको छ। बैंकले तत्काल राहत पुर्‍याउने उद्देश्यले देवीघाटको विदुर नगरपालिका-५, नुवाकोटमा खाद्यान्न चामल, दाल, पिठो, बिस्कुट, तेल, नुन, सोयाबिन, आलु, चाउचाउलगायतका सामग्रीसमेत सहयोग गरेको छ।


प्रकाशित : सोमबार, भदौ २२ २०८३१३:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend