बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

तुइन खोलामा पहिरो रोकथाम गर्न नारायणघाट-मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द हुने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २१ २०८३
तुइन खोलामा पहिरो रोकथाम गर्न नारायणघाट-मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द हुने

सवारी आंशिक रुपमा बन्द गरेर तुइन खेलामा समय समयमा गईरहने पहिरोको माथिल्लो भागको झर्न सक्ने माटो पन्छाउने लगायतका काम गर्न लागिएको हो।

चितवन- स्थानीय प्रशासनले नारायणघाट-मुग्लिन सडक भोलि सोमबार बिहानदेखि आंशिक बन्द गर्ने भएको छ।

तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रुपमा रोक्न लागिएको हो।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयद्वारा आज जारी सूचनामा भनिएको छ 'कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गरी नारायणघाट-मुग्लिन सडकको तुइन खोला परियोजनाको माटो कटान कार्य गरिने छ।'

कृष्णभीरको सडक मर्मत कार्य सम्पन्न भइ सवारी आवागमन सञ्चालन नहुञ्जेलसम्म यो कार्य जारी रहने सूचनामा जनाइएको छ।

सवारी आंशिक रुपमा बन्द गरेर तुइन खेलामा समय समयमा गईरहने पहिरोको माथिल्लो भागको झर्न सक्ने माटो पन्छाउने लगायतका काम गर्न लागिएको हो।

तुइन खोलामा समय समयमा पहिरो झर्ने गर्दछ। सम्भावित झर्न सक्ने भागलाई झारेर पहिरो व्यवस्थापनको काम गर्न लागिएको हो।

सूचनाअनुसार समय समयमा सवारीसाधन सञ्चालनका लागि खुला गरिने छ। नारायणघाट-मुग्लिन सडक बिहान ८ बजेदेखि ८ः३० बजे, १०ः३० बजेदेखि ११ बजे, दिउँसो १ बजेदेखि १ः३० बजे, ३ः५० देखि ४ बजे र साँझ ६ बजेपछिको समयमा सञ्चालन गरिनेछ। यसबाहेकको समय उक्त स्थानमा सवारी रोकेर कार्य हुने सूचनामा उल्लेख छ।


प्रकाशित : आइतबार, भदौ २१ २०८३१६:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend