बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

गोरखामा बाढीले चार घर र फलामे पुल बगायो

आइतबार, भदौ २१ २०८३
गोरखामा बाढीले चार घर र फलामे पुल बगायो

गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा बाढीले चार वटा घर बगाएको छ। आइतबार बिहान करिब ३ बजे नाम्रुङ खोलामा आएको बाढीले स्थानीय नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको हो।

काठमाडौं- गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा बाढीले चार वटा घर बगाएको छ। आइतबार बिहान करिब ३ बजे नाम्रुङ खोलामा आएको बाढीले स्थानीय नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको हो।

गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार बाढीबाट मानवीय क्षति भने भएको छैन। खोलामा बाढी आएको थाहा पाएपछि स्थानीयले समयमै भागेर ज्यान जोगाएका थिए।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार मुहान क्षेत्रमा केही समय खोला थुनिएर लेदोसहित बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

बाढीले चुमनुब्री गाउँपालिका–४ र वडा नम्बर २ जोड्ने फलामे पुलसमेत बगाएको छ। पुल बगाएपछि दुई वडाबीचको आवागमन प्रभावित भएको छ।

आइतबार बिहान ४ः४० बजेदेखि भने खोलाको बहाव घटेको र अहिले खोला सामान्य अवस्थामा फर्किएको प्रशासनले जनाएको छ। नाम्रुङ खोला बूढीगण्डकी नदीमा मिसिने भएकाले बूढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।


प्रकाशित : आइतबार, भदौ २१ २०८३०७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend