काठमाडौं- भोटेकोशी बाढीका कारण प्रभावित २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ सुरुङबाट एकजना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ। बाढीको ११औँ दिनमा माथिल्लो त्रिशूली-१ को अडिट ४ टनेलबाट उनको उद्धार गरिएको हो।
नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले केहीबेर अघिमात्रै उक्त टनेलबाट उद्धार गरी नुवाकोटको त्रिशूलीस्थित मैथिल ब्यारेकमा ल्याइँदैछ।
विपद्मा परी हालसम्म १ हजार ३४४ जनाको मृत्यु भइसकेको छ। ४ हजार ८९८ जना अझै सम्पर्कविहीन छन्।
धेरै जलविद्युत आयोजनाबाट पनि कर्मचारी बेपत्ता भएका छन्। बाढीपछि त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सुरुङमा थुनिएका दुई जनाको शुक्रबार उद्धार गरिएको थियो भने एक शव फेला परेको थियो।
सुरुङभित्र फसेकाहरुको उद्धार अहिले पनि निरन्तर जारी छ।