बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बेत्रावती बजारस्थित घरबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार

शनिबार, भदौ २० २०८३
बेत्रावती बजारस्थित घरबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार

उनी अचेत अवस्थामा भेटिएकी थिइन्। उद्धारपछि उनलाई हेलीकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैथिलक ब्यारेक ल्याइँदैछ।

काठमाडौं- भोटेकोशी बाढीको ११औँ नुवाकोटमा एक महिलाको जीवितै उद्धार भएको छ।

नुवाकोटको बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको जीवितै उद्धार गरिएको हो। नुवाकोट विदुर-१० की श्रेष्ठलाई सशस्त्र प्रहरी बल, नेपालका इन्सपेक्टर सुमन बिकको कमान्ड टोलीले उद्धार गरेको हो।

उनी अचेत अवस्थामा भेटिएकी थिइन्। उद्धारपछि उनलाई हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैथिल ब्यारेक ल्याइँदैछ।

प्रारम्भिक उपचार गरी आवश्यकताअनुसार थप उपचारका लागि उनलाई मैथिल ब्यारेकबाट काठमाडौं लगिनेछ।


प्रकाशित : शनिबार, भदौ २० २०८३१४:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend