बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन् भारतीय मूलका चार अष्ट्रेलियन नागरिक

शनिबार, भदौ २० २०८३
भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन् भारतीय मूलका चार अष्ट्रेलियन नागरिक

रसुवाको धुञ्चेबाट मानसरोवर जाने क्रममा भारतीय मूलका चारजना अष्ट्रेलियन नागरिक सम्पर्कविहीन भएका हुन्।

काठमाडौं- भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा परेर भारतीय मूलका चारजना अष्ट्रेलियन नागरिक सम्पर्कविहीन भएका छन्। रसुवाको धुञ्चेबाट मानसरोवर जाने क्रममा भारतीय मूलका चारजना अष्ट्रेलियन नागरिक सम्पर्कविहीन भएका हुन्।

सम्पर्कविहीन हुनेमा ५१ वर्षीय श्रीधरण अयर, ४९ वर्षीया लक्ष्मीश्रीधरण अयर, २१ वर्षीय रुद्र श्रीधरण अयर र २३ वर्षीय रिसब श्रीधरण अयर सम्पर्कविहीन भएका हुन्। भारतको केरला राज्यबाट आफन्तको खोजी गर्दै रसुवा आएका रञ्जित श्रीधरणले आफ्ना चार जना आफन्त सम्पर्कविहीन भएकाले खोजी गरिदिन अनुरोध गरे।

उनले आफ्ना हराइरहेका आफन्तको अन्तिमपटक मोबाइल ‘लोकेसन’ रोयल हिमालयन होटेल स्याफ्रुबेँसी देखिएको जानकारी दिए। 'सम्पर्कविहीन भएका चारै जनाका बारेमा अझैसम्म कुनै पनि जानकारी प्राप्त गर्न सकिरहेका छैनौँ', उनले भने, 'आफ्ना आफन्तको अवस्थाका बारेमा जानकारी नहुँदा हामी विक्षिप्त भएका छौँ। आ-आफ्नो ठाउँबाट खोजी गरिदिनुहुनका लागि अनुरोध गर्दछौँ।'

नेपाल टेलिकम रसुवाका प्राविधिक नन्दकुमार कोइरालाले भारतीय मूलका अष्ट्रेलियन नागरिकको खोजी कार्यमा सहयोग गरिदिनुहुनका लागि सबैसँग अनुरोध गरेका छन्। 'रसुवाको बाढीपछि सम्पर्कविहीन हुनुभएका अयर परिवारका आफन्त रसुवामा खोजी गर्दै आइरहनुभएको छ', उनले भने, 'हामीले स्थानीयस्तरमा आवश्यक खोजीको लागि सहजीकरण गर्दै आइरहेका छौँ।' रासस


प्रकाशित : शनिबार, भदौ २० २०८३११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend