बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी बाढीले क्षतिग्रस्त २० झोलुंगे पुल मर्मतमा तीव्रता, ५ वटा एक महिनाभित्रै बनाइसक्ने

शुक्रबार, भदौ १९ २०८३
भोटेकोशी बाढीले क्षतिग्रस्त २० झोलुंगे पुल मर्मतमा तीव्रता, ५ वटा एक महिनाभित्रै बनाइसक्ने

भोटेकोशी बाढीले मुग्लिनदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुंगे पुलमध्ये ५३ वटामा क्षति पुर्‍याएको थियो।

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका २० वटा झोलुंगे पुलको मर्मतमा सरकार लागेको छ।

काम थालिएकामध्ये महेश दोभान-मास्टार, कालिकाथान, मलिङ्गा-मझुवाटार, केउरेनी-गहते र पिमलटार-जागराम खोला झोलुंगे पुलको मर्मतमा प्रगति भएको छ। यी ५ वटा झोलुंगे पुलहरू एक महिनाभित्र मर्मत सम्पन्न गरिनेछ। 

यही भदौ १० गते आएको बाढीले मुग्लिनदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुंगे पुलमध्ये ५३ वटामा क्षति पुर्‍याएको थियो।

सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्यांकन गर्दा क्षति पुगेका ५३ मध्ये २० वटा झोलुंगे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए। यी पुल मर्मतका लागि सरकारले भदौ १७ गते कार्यादेश जारी गरेको थियो।

त्यसैगरी, पुनः निर्माण गर्नुपर्ने ३३ वटा झोलुंगे पुलका लागि पनि सरकारले भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको छ।


प्रकाशित : शुक्रबार, भदौ १९ २०८३१७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend