बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

रसुवा बाढीपछि कोशीका बेपत्ता ३० जना सम्पर्कमा, १६० जनाको छैन खबर

शुक्रबार, भदौ १९ २०८३
रसुवा बाढीपछि कोशीका बेपत्ता ३० जना सम्पर्कमा, १६० जनाको छैन खबर

भोटेकोशी बाढीमा परेका कोशी प्रदेशका १२ जनाको उद्धार भइसकेको छ।

विराटनगर- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

बाढीमा बेपत्ता २०४ मध्ये ३० जना सम्पर्कमा आएका छन्। कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले एक जनाको मृत्यु भएको, एकजना घाइते भएको र १२ जनाको उद्धार भएको जानकारी दिए।

उनले झापाका १४, इलामका १२, पाँचथरका एक, ताप्लेजुङका पाँच, मोरङका १८, सुनसरीका २१, धनकुटाका दुई, सङ्खुवासभाका तीन, भोजपुरका, तीन उदयपुरका २१, ओखलुढुंगाका ४८, खोटाङका ११ जना र सोलुखुम्बुका ४५ व्यक्ति बाढीमा परी बेपत्ता भएका थिए। रासस


प्रकाशित : शुक्रबार, भदौ १९ २०८३१६:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend