बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २९५ पुग्यो, बेपत्ता ४ हजार ८९८ जनाको खोजी जारी

शुक्रबार, भदौ १९ २०८३
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २९५ पुग्यो, बेपत्ता ४ हजार ८९८ जनाको खोजी जारी

प्रहरीका अनुसार सनाखत नभएका १ हजार ३० शव जमिनमुनि व्यवस्थापन गरिएको छ।

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २९५ पुगेको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको आज दिउँसो २ बजेसम्मको तथ्यांकअनुसार बाढीमा परी ४७८ पुरुष, २७३ महिला, ४४ बालिका र ३३ बालकको मृत्यु भएको हो। ४६७ आंशिक अंग फेला परेको छ।

६१८ विदेशीसहित ४ हजार ८९८ जना अझै बेपत्ता छन्। हालसम्म ८ हजार ४७६ जनाको उद्धार गरिएको छ।

प्रहरीका अनुसार सनाखत नभएका १ हजार ३० शव जमिनमुनि व्यवस्थापन गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा ७ हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको छ। बेपत्ता तथा सम्पर्कविहीनहरुको खोजी तथा उद्धारको काम जारी छ।


प्रकाशित : शुक्रबार, भदौ १९ २०८३१५:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend