बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

हुम्लामा ग्यासको अभाव चुलिँदै

शुक्रबार, भदौ १९ २०८३
हुम्लामा ग्यासको अभाव चुलिँदै

हुम्लामा भरिएको सिलिन्डरको ग्यासको मूल्य ३ हजार २ सय रूपैयाँ पर्ने भएको छ।

हुम्ला- सिमकोटमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको छ। लामो समयदेखि नियमित ग्यास आपूर्ति हुन नसक्दा जिल्ला सदरमुकामसमेत सिमकोट बजार क्षेत्रमा ग्यासको अभाव बढ्दै गएको हो।

हुम्लामा एलपी ग्यासको अभाव नयाँ समस्या भने होइन। भौगोलिक विकटता, ढुवानीको कठिनाइ र यातायातका साधनमा निर्भर आपूर्ति प्रणालीका कारण जिल्लामा दैनिक उपभोग्य वस्तुको नियमित आपूर्ति प्रभावित हुँदै आएको छ।

बिहीबार बिहान नेपालगन्जबाट १५० वटा भरिएका ग्यास सिलिन्डर आइपुगे पनि २७० वटा खाली सिलिन्डर लाइनमा राखिएका थिए। मागको तुलनामा आपूर्ति आधा कम भएपछि उपभोक्ताले ग्यास पाउने अवस्था नरहेको आदित्य जनरल स्टोरका प्रोप्राइटर रेसम महतले बताए।

हुम्लामा भरिएको सिलिन्डरको ग्यासको मूल्य ३ हजार २ सय रूपैयाँ पर्ने भएको छ।


प्रकाशित : शुक्रबार, भदौ १९ २०८३१२:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend