बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

'त्रिशूली थ्री ए' को सुरुङबाट उद्धार गरिएका सञ्जय साह - टनेल लामो छ, सबै भाग्न नसकेका होलान्

शुक्रबार, भदौ १९ २०८३
'त्रिशूली थ्री ए' को सुरुङबाट उद्धार गरिएका सञ्जय साह - टनेल लामो छ, सबै भाग्न नसकेका होलान्

धेरै दिनपछि सकुशल उद्धार भएकोमा नेपाली सेनाले बधाई दिइरहँदा उनले सोधे, 'आज कति गते हो?'

काठमाडौं- 'त्रिशूली थ्री ए' को सुरुङबाट उद्धार गरिएका सञ्जय साहले आयोजनाको सुरुङ लामो भएकाले अरू पनि कामदारहरू भित्र हुन सक्ने बताएका छन्। गएको १० गते बुधबार भोटेकोशीमा आएको बाढीको १० दिनपछि आज शुक्रबार उनको उद्धार भएको हो। 

उद्धारपछि नेपाली सेनासँग कुरा गर्दै उनले भने, 'भित्र छेउछाउ कुरा गर्दा तीन/चार जना त कुरा भएकै थिए। भित्र अरु मान्छे पनि हुन सक्छन्। टनेल लामो छ। सबै भाग्न नसकेका होलान्। टनेलमा पानी फोर्सले भित्र लगेको होला।' 

आयोजनाको सुरुङमा कति कामदार थिए भन्ने यकिन भन्न नसके पनि उनले मानिसहरू अझै हुनसक्ने बताए। 'यतिबेला त भित्र ४०/४५ जना नै थिए। कन्ट्रोल रुममा भएकोले मेरो जिम्मेवारी सबैको ज्यान बचाउनु थियो। म एक्लै भागेर भएन, सबैलाई बचाउनु पर्‍यो। सबैलाई भाग्न लगाएँ। त्यसो गर्दा मसँग समय भएन। अन्तिममा म निस्किन पाइनँ' उनले भने। 

धेरै दिनपछि सकुशल उद्धार भएकोमा नेपाली सेनाले बधाई दिइरहँदा उनले सोधे, 'आज कति गते हो?' 

आयोजनाको सुरुङभित्र अड्किएका मेकानिकल फोरम्यान सञ्जय साहको आज शुक्रबार सकुशल उद्धार गरी उपचारका लागि छाउनी ल्याइएको छ।

शुक्रबार बिहान सुरुङबाट उद्धार गरी उनलाई काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा ल्याइएको हो। उद्धार पश्चात अब उनलाई थप उपचार तथा स्वास्थ्य परीक्षण गरिने छ।

'त्रिशूली थ्री ए' आयोजनाको सुरुङबाट दुई जनाको उद्धार 'त्रिशूली थ्री ए' आयोजनाको सुरुङबाट दुई जनाको उद्धार


प्रकाशित : शुक्रबार, भदौ १९ २०८३११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend