काठमाडौं- भोटेकोशी क्षेत्रमा आएको बाढीपछि त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सुरुङमा थुनिएका दुई जनाको उद्धार गरिएको छ।
नेपाली सेनासहितको उद्धार टोलीले निरन्तर प्रयासपछि शुक्रबार उनीहरूको उद्धार गरेको हो।
उद्धार गरिएकामा आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जन रहेका छन्।
बाढीपछि सुरुङभित्र थुनिएका उनीहरूको उद्धारका लागि नेपाली सेनासहितको टोलीले निरन्तर प्रयास गर्दै आएको थियो। उद्धार गरिएका दुई जनालाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।