बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

रसुवा बाढीमा भारतको निरन्तर सहयोग : सात उडानबाट ९० टन राहत सामग्री नेपाल

शुक्रबार, भदौ १९ २०८३
रसुवा बाढीमा भारतको निरन्तर सहयोग : सात उडानबाट ९० टन राहत सामग्री नेपाल

रसुवामा आएको विनाशकारी बाढीपछि भारतले नेपाललाई उपलब्ध गराउँदै आएको राहत तथा उद्धार सहयोग निरन्तर बढिरहेको छ। भारतबाट हालसम्म सातवटा राहत उडानमार्फत ९० टन राहत सामग्री नेपाल आइपुगेको छ।

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढीपछि भारतले नेपाललाई उपलब्ध गराउँदै आएको राहत तथा उद्धार सहयोग निरन्तर बढिरहेको छ। भारतबाट हालसम्म सातवटा राहत उडानमार्फत ९० टन राहत सामग्री नेपाल आइपुगेको छ।

भारतका लागि नेपालस्थित राजदूत नवीन श्रीवास्तवका अनुसार भारतीय वायुसेनाका सी-१३० जे विमानमार्फत पछिल्लोपटक छैटौं र सातौं राहत उडान काठमाडौं आएका छन्। यी दुई उडानबाट मात्रै २१.५ टन राहत सामग्री नेपाल ल्याइएको छ।

पछिल्लो खेपमा फरेन्सिक किट, चिकित्सकीय तथा स्वास्थ्य सामग्री लगायतका सामग्री रहेका छन्। ती सामग्री नेपाललाई हस्तान्तरण गरिएको राजदूत श्रीवास्तवले जानकारी दिएका छन्।

यसअघि भारतले चारवटा राहत उडानमार्फत ६८.५ टन राहत सामग्री नेपाल पठाइसकेको थियो। पछिल्ला दुई उडानको २१.५ टनसमेत जोड्दा भारतबाट रसुवा बाढी प्रभावित क्षेत्रका लागि हालसम्म ९० टन राहत सामग्री नेपाल आएको हो।

भारतले उपलब्ध गराएको सहयोगले बाढी प्रभावित क्षेत्रमा जारी राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन तथा प्रभावित समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

रसुवा बाढीपछि भारतले राहत सामग्रीसँगै उद्धार तथा प्राविधिक सहयोगमा समेत निरन्तर साथ दिँदै आएको छ।


प्रकाशित : शुक्रबार, भदौ १९ २०८३०६:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend