काठमाडौं- विश्वकै मूल्यवान कम्पनीमध्ये एक एनभीडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सन हवाङले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर सहयोग गरेका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि हवाङले उक्त रकम सहयोग गरेको जानकारी दिएका छन्। नेपाली रुपैयाँमा यो रकम करिब १ अर्ब ५० करोड बराबर हुन्छ।
अर्थमन्त्री वाग्लेले भिडियो सन्देशमार्फत हवाङलाई सहयोगका लागि धन्यवाद दिएका छन्।
यससँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा संकलन भएको रकम १० अर्ब रुपैयाँ पुगेको वाग्लेले बताएका छन्।