बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सुरुङमा भइरहेको उद्धार प्रगतिबारे भारतीय राजदूतले लिए जानकारी

बिहीबार , भदौ १८ २०८३
सुरुङमा भइरहेको उद्धार प्रगतिबारे भारतीय राजदूतले लिए जानकारी

'परिस्थिति कठिन भए पनि भारतीय र नेपाली टोली अविचलित रूपमा उद्धार कार्यमा जुटिरहेका छन्,' श्रीवास्तवले उल्लेख गरेका छन्।

काठमाडौं- भारतका लागि नेपालका राजदूत नवीन श्रीवास्तवले रसुवाको चिलिमे नजिक स्याफ्रुबेँसीमा खटिएको प्राविधिक टोलीसँग भेट गरी सुरुङ उद्धारको प्रगतिबारे जानकारी लिएका छन्।

राजदूत श्रीवास्तवका अनुसार भारतीय प्राविधिक टोली नेपाली सेनासँग सहकार्य गर्दै चिलिमे जलविद्युत् आयोजनाको पावरहाउस सुरुङमा उद्धारका लागि उत्खनन कार्यमा जुटिरहेको छ। विशेष उपकरणको प्रयोग गरी भारतीय टोलीले सुरुङभित्र १ सय मिटर दूरीसम्मको अवस्था पहिचान गरिसकेको उनले बताएका छन्।

उद्धार कार्यलाई थप अगाडि बढाउन भारी उपकरण सुरुङभित्र लैजाने तयारी भइरहेको पनि श्रीवास्तवले जानकारी दिएका छन्।

सुरुङभित्रको जमिन दलदलजस्तो रहेको र भू-भागसमेत अत्यन्त चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले कठिन परिस्थितिका बाबजुद भारतीय तथा नेपाली टोलीले निरन्तर काम गरिरहेको बताएका छन्।

'परिस्थिति कठिन भए पनि भारतीय र नेपाली टोली अविचलित रूपमा उद्धार कार्यमा जुटिरहेका छन्,' श्रीवास्तवले उल्लेख गरेका छन्।

भारत र नेपालका टोलीबीचको सहकार्यलाई प्रतीकमार्फत उल्लेख गर्दै उनले उद्धार प्रयासप्रति प्रतिबद्धता जनाएका छन्।


प्रकाशित : बिहीबार , भदौ १८ २०८३१८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend