बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३
मन्त्रिपरिषद् बैठकका निर्णयहरु

भदौ २२ गते राष्ट्रिय शोक, बाढी प्रभावित उद्योग व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन पुनरुत्थान योजना

बिहीबार , भदौ १८ २०८३
भदौ २२ गते राष्ट्रिय शोक, बाढी प्रभावित उद्योग व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन पुनरुत्थान योजना

त्यस्तै, सरकारले भदौ २३ गते ‘जेनजी’ सहिद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

काठमाडौं- सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। राष्ट्रिय शोकका दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने छ।

यस्तै, बैठकले बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार-व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन एकीकृत व्यावसायिक पुनरुत्थान योजनाअन्तर्गत राहत, कर तथा महसुल छुटलगायतका सहुलियत र सुविधा उपलब्ध गराउने निर्णय पनि गरेको छ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई एक प्रतिशत भन्सार महसुलमा २५ हजार मेट्रिकटन चिनी आयात गर्न स्वीकृति दिने निर्णय पनि आजको मन्त्रिपरिषद् बैठकबाट भएको छ।

त्यस्तै, सरकारले भदौ २३ गते ‘जेनजी’ सहिद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने पाँच ‘मिलियन’ अमेरिकी डलर अनुदान स्वीकार गरेको छ।

भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने र उद्धारका क्रममा घाइते भएमा निःशुल्क उपचार तथा मृत्यु भएमा मृतकका परिवारलाई प्रतिमृतक १० लाख राहत उपलब्ध गराइने भएको छ।

मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवाअन्तर्गत राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा नारायणप्रसाद भट्टलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ।


प्रकाशित : बिहीबार , भदौ १८ २०८३१७:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend