काठमाडौं- मन्त्रिपरिषद्को बैठक आज ३ बजे बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो बस्ने बैठक भोटेकोशी बाढी र यसको प्रभावलगायतका विषयमा केन्द्रित रहने जानकारी दिइएको छ।
भोटेकोशी बाढीले धेरै क्षति गराएको छ। उद्धार, राहत तथा पुन:स्थापनाका काम जारी छन्।