बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी बाढी : हालसम्म १ हजार २५२ शव फेला

बिहीबार , भदौ १८ २०८३
भोटेकोशी बाढी : हालसम्म १ हजार २५२ शव फेला

६०१ विदेशीसहित ४ हजार ८७५ जना अझै बेपत्ता छन्।

काठमाडौं- भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या निरन्तर बढिरहेको छ। हालसम्म १ हजार २५२ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको आज बिहान १० बजेसम्मको तथ्यांकअनुसार ज्यान गुमाउनेमा ३४ बालक, ४४ बालिका, २४८ महिला, ४१६ पुरुष रहेका छन्। ४२८ आंशिक अंग फेला परेको छ।

रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिम १९० र भारतमा भेटिएका १८ गरी एक हजार २५२ जनाको शव फेला परेको हो।

सनाखत हुन नसकेको ८९७ शव जमिनमुनि व्यवस्थापन गरिएको छ।

६०१ विदेशीसहित ४ हजार ८७५ जना अझै बेपत्ता छन्। ७ हजार ४८० जनाको उद्धार गरिएको छ।

३ हजार १२६ जनाले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्।

बेपत्ताको खोजी तथा उद्धारमा ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ।


प्रकाशित : बिहीबार , भदौ १८ २०८३१२:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend