बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

१८ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ १८ २०८३
१८ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापनका लागि १८ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। 

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै ९० दिने (३ महिने) निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको हो। 

इच्छुक इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत भदौ १८ गते दिउँसो ३ बजेसम्म बोलकबोलमा सहभागी हुन सक्नेछन्। 

यस निक्षेप संकलनको साँवा तथा ब्याज भुक्तानी मिति मंसिर १६ गतेका लागि तोकिएको छ।  बोलकबोल प्रक्रियामा सहभागी हुने संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्।

 निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। निक्षेप संकलन उपकरणमा राखिएको रकमलाई सम्बन्धित संस्थाले अनिवार्य नगद मौज्दात मा गणना गर्न पाउने छैनन्। तर, यो रकमलाई वैधानिक तरलता अनुपात र तरलता अनुपात मा भने गणना गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।


प्रकाशित : बिहीबार , भदौ १८ २०८३११:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend