बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

नेप्से परिसूचक १५.४४ अंकले बढ्यो, २ अर्ब ९३ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ १७ २०८३
नेप्से परिसूचक १५.४४ अंकले बढ्यो, २ अर्ब ९३ करोड रुपैयाँको कारोबार

बुधबार नेप्से परिसूचक १५.४४ अंकले बढेर २५३८.११ बिन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ३.०२ अंक, फ्लोट इण्डेक्स १.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७८ अंकले बढेको छ।

काठमाडौं- साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक बढेको छ।

बुधबार नेप्से परिसूचक १५.४४ अंकले बढेर २५३८.११ बिन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ३.०२ अंक, फ्लोट इण्डेक्स १.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७८ अंकले बढेको छ।

परिसूचकसँगै कारोबार रकममा पनि बढेको छ। मंगलबार २ अर्ब ८९ करोड ८५ लाख १६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा आज कारोबार रकम सामान्य बढेर २ अर्ब ९३ करोड ६५ लाख ६० हजार रुपैयाँ पुगेको छ।

कुल ३५४ स्टकको ३९ हजार ५३१ पटकको कारोबारमा ७२ लाख ५८ हजार कित्ता सेयर खरिदबिक्री भएका छन्। माथिल्लो मैलुङ खोला जलविद्युतको सेयरमूल्य सर्वाधिक १०.२३ प्रतिशतले बढेको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये  २ उपसमूहको परिसूचक सामान्य अंकले घटेको छ भने बाँकी ११ उपसमूह बढेको छ। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ०.९५ प्रतिशत बढेको छ। कारोबारमा आएको म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सामान्य अंक घटेको हो।


प्रकाशित : बुधबार, भदौ १७ २०८३१५:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend