काठमाडौं- त्रिशूली नदीको कटानका कारण कृष्णभीर सडक भासिँदा यातायात अवरुद्ध छ। सो सडकखण्ड सञ्चालनमा ल्याउन महिनौँ लाग्नसक्ने अनुमान सार्वजनिक भइरहँदा प्रधानमन्त्री बालेन्द्र शाहले भने यही महिनाभित्रै सञ्चालनमा ल्याउने बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री शाहले मुग्लिन-नौबिसे खण्डमा पर्ने पृथ्वीराजमार्गको कृष्णभीर खण्ड यही महिनाभित्रै सञ्चालनमा ल्याइने बताएका हुन्।
वैकल्पिक मार्गबाट सवारी सञ्चालन भइरहेकामा प्रधानमन्त्री शाहले पहिरो पन्छाएर र सडक पुनर्निर्माण गरी यही महिनाभित्रै सञ्चालनमा ल्याइने बताए।
उनले भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढी र त्यसबाट रसुवा, नुवाकोट र धादिङमा भएको अकल्पनीय क्षतिका बारेमा पनि संसद्मा जानकारी गराएका थिए। उनले संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्ने यथार्थलाई आफूहरूले स्वीकार गरी अहोरात्र खटिरहेको उल्लेख गरे।