बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकाशी बाढी र जलवायु संकटबारे विज्ञहरूसँग छलफल, अन्तर्राष्ट्रिय मञ्चमा दाबी प्रस्तुत गर्ने

तत्काल वैज्ञानिक अध्ययन, क्षतिको यथार्थ मूल्यांकन र पूर्वसूचना प्रणालीलाई थप सुदृढ गर्न सुझाव

बुधबार, भदौ १७ २०८३
भोटेकाशी बाढी र जलवायु संकटबारे विज्ञहरूसँग छलफल, अन्तर्राष्ट्रिय मञ्चमा दाबी प्रस्तुत गर्ने

भोटेकोशी-त्रिशूली क्षेत्रको विपद्पश्चात् पुनःस्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु वित्त परिचालन गर्दै विशेष कोष स्थापना गर्न पहल गर्नुपर्नेसमेत विज्ञहरूको सुझाव छ।

काठमाडौं- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको समुपस्थितिमा जलवायु विज्ञहरूसँग भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र जलवायु संकटका विषयमा छलफल भएको छ।

मन्त्रालयमा मंगलबार भएको छलफलले जलवायु परिवर्तनका मुद्दालाई राष्ट्रिय प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बलियो उपस्थिति र दाबी प्रस्तुत गर्ने निष्कर्ष निकालेको छ।

सो अवसरमा मन्त्री चौधरीले जलवायु न्यायलाई अधिकारका रूपमा स्थापित गर्दै आगामी कोप-३१ सम्मेलनलगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले माउन्टेन एजेन्डाको नेतृत्व गर्ने बताएकी थिइन्। साथै, उनले जलवायु संकटले निम्त्याएका बहुआयामिक चुनौतीहरूको सामना गर्न र अन्तर्राष्ट्रियस्तरमा नेपालको अधिकार सुनिश्चित गर्न मन्त्रालय पूर्णरूपमा प्रतिबद्ध रहेकामा जोड दिएकी थिइन्।

यही भदौ १० गते भोटेकोशीमा आएको बाढीलाई जलवायु संकटसँग जोडेर यसको तत्काल वैज्ञानिक अध्ययन, क्षतिको यथार्थ मूल्यांकन र पूर्वसूचना प्रणालीलाई थप सुदृढ गर्ने बारेमा विज्ञहरूले सुझाव दिएका थिए।

भोटेकोशी-त्रिशूली क्षेत्रको विपद्पश्चात् पुनःस्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु वित्त परिचालन गर्दै विशेष कोष स्थापना गर्न पहल गर्नुपर्नेसमेत विज्ञहरूको सुझाव छ।

छलफलमा विज्ञहरूले तापक्रम वृद्धि, हिमपात र चट्टानमा देखिएका चिराहरूको सूक्ष्म अध्ययनका लागि हिमनदी विज्ञ तथा वैज्ञानिकहरूको ज्ञानलाई अधिकतम उपयोग गर्नुपर्ने बताएका थिए। रासस


प्रकाशित : बुधबार, भदौ १७ २०८३१२:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend