बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बाढीपछि सरकारको राहत कोषमा बैंक तथा वित्तीय संस्थाको निरन्तर सहयोग

बुधबार, भदौ १७ २०८३
बाढीपछि सरकारको राहत कोषमा बैंक तथा वित्तीय संस्थाको निरन्तर सहयोग

संकलित सहयोगमध्ये सबैभन्दा बढी योगदान नबिल बैंकको रहेको छ। नबिल बैंक र चौधरी फाउन्डेसनले संयुक्त रूपमा १५ करोड रुपैयाँ को राहत प्याकेज ल्याएको छ।

काठमाडौं- भोटेकोशी बाढीपछि बैंक तथा वित्तीय संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा निरन्तर सहयोग रकम जम्मा गरिरहेका छन्। विपद् प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि देशभरका बैंक तथा वित्तीय संस्थाबाट रकम संकलन भएको हो।

संकलित सहयोगमध्ये सबैभन्दा बढी योगदान नबिल बैंकको रहेको छ। नबिल बैंक र चौधरी फाउन्डेसनले संयुक्त रूपमा १५ करोड रुपैयाँको राहत प्याकेज ल्याएको छ।

ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ।

त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।

एनएमबि बैंकले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुन:स्थापनाका लागि २ करोड ५१ लाख रूपैयाँ सहयोग गरेको छ।

प्राइम कमर्सियल बैंकले ३ करोड १० लाख, नेपाल बैंक लिमिटेडले ३ करोड १ लाख, कुमारी बैंकले ३ करोड ३१ लाख र हिमालयन बैंकले ३ करोड १ लाख रुपैयाँ योगदान दिएका छन्।

कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ३/३ करोड रुपैयाँ सहयोग गरेका छन्।

एभरेष्ट बैंक लिमिटेड र बैंकका कर्मचारीहरुले भोटेकोशी बाढी प्रभावितका लागि ३ करोड रूपैयाँभन्दा बढी सहयोग गरेका छन्।

सिद्धार्थ बैंकले २ करोड ५१ लाख, सानिमा बैंकले २ करोड २५ लाख, एनआईसी एसिया बैंकले २ करोड २१ लाख र माछापुच्छ्रे बैंकले २ करोड १ लाख रुपैयाँ कोषमा जम्मा गरेका छन्। 

विकास बैंक र लघुवित्ततर्फ सांग्रिला डेभलपमेन्ट बैंकले ७० लाख, साइन रेसुंगा डेभलपमेन्ट बैंकले ६५ लाख, मुक्तिनाथ डेभलपमेन्ट बैंकले ५० लाख, कामना सेवा विकास बैंकले २५ लाख र आरएसडीसी लघुवित्तले ५ लाख रुपैयाँ सहयोग गरेका छन्।

सरकारले विपद् पीडितहरूका लागि राहत संकलन जारी रहेको जनाएको छ। बैंक तथा वित्तीय संस्थाहरूको यो ऐक्यबद्धता र आर्थिक सहयोगले विपद् प्रभावित नागरिकहरूलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरिएको छ।


प्रकाशित : बुधबार, भदौ १७ २०८३११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend