काठमाडौं- बाढी प्रभावितको राहत तथा उद्धारका लागि एकैदिन ८० व्यक्ति तथा संस्थाले २५ करोड ६७ लाख ८४ हजार ६ सय ९७ रुपैयाँ ७२ पैसा दान गरेका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत चेकमा उल्लेख भएको रकमअनुसार उक्त दिन कुल २५ करोड ६७ लाख हो।
मंगलबार प्राप्त विवरणअनुसार चेकमार्फत राहत प्रदान गर्ने व्यक्ति तथा संस्थाको संख्या ८० रहेको छ।
यो सहयोग बाढीबाट भएको क्षति र त्यसबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले जुटाइएको हो। विशेषगरी विपद्का बेला सरकारी स्रोतसँगै निजी क्षेत्र र नागरिकस्तरबाट प्राप्त सहयोगले तत्कालीन राहत व्यवस्थापनमा थप स्रोत उपलब्ध गराउन सक्छ।
निजी क्षेत्रका संस्था तथा व्यवासायीहरूले सरकारलाई चेक मार्फत् बुझाएको रकम हो यो। यस बाहेक व्यक्तिगत रुपमा देश तथा विदेशबाट नागरिकले जम्मा गरेको रकम भने यसमा समावेस छैन।