बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

जलवायु परिवर्तनको विपद् विश्वव्यापी, प्रतिकार्यको जिम्मेवारी पनि सामूहिक हुनुपर्छ- प्रधानमन्त्री शाह

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ १६ २०८३
जलवायु परिवर्तनको विपद् विश्वव्यापी, प्रतिकार्यको जिम्मेवारी पनि सामूहिक हुनुपर्छ- प्रधानमन्त्री शाह

प्रधानमन्त्रीले यस घटनालाई जलवायु परिवर्तनसँग जोडेर हिमालयमा बढ्दै गएको जोखिमतर्फ पनि ध्यान दिनुपर्ने बताएका छन्। उनका अनुसार हिमालय क्षेत्रमा तापक्रम वृद्धि भइरहेको र त्यसले यस्ता विपद्को जोखिम बढाइरहेको विषयमा गम्भीर अध्ययन आवश्यक छ।

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले हिमालय क्षेत्रमा बदलिंदो विपद्को जोखिमबारे गम्भीर प्रश्न उठाएको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन्। उनले बाढीको कारणबारे विज्ञहरूसँग भएको छलफलमा हिमपहिरोबाट ठूलो मात्रामा बरफ र पानी मिसिएर बाढी आएको हुन सक्ने सम्भावना औंल्याएका छन्।

मंगलबार फेसबुकमार्फत सम्बोधन गर्दै शाहले भोटेकोशीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ तथा चट्टान खस्ने घटनाबाट सिर्जित ठूलो विपत्ति भएको विज्ञहरूको भनाइ आफूले पाएको बताए। उनका अनुसार ठूलो उचाइबाट हिमनदी वा बरफको ठूलो भाग खस्दा त्यसले ठूलो ऊर्जा पैदा गरेको र खसेकै ठाउँमा बरफ पग्लिएर पानीको मात्रा बढ्दै बाढीको रूप लिएको हुन सक्ने देखिन्छ।

‘हिउँ चट्टान किन खस्यो? यति धेरै पानी कसरी आयो?’ भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने अवस्था रहेको बताएका छन्।

उनका अनुसार हिमालयको उचाइबाट नेपालतर्फको भूभाग ओरालो हुँदै जाने भएकाले माथिबाट आएको बाढीले थप गति लिँदा भोटेकोशी आसपास ठूलो क्षति पुगेको हुन सक्छ।

प्रधानमन्त्रीले यस घटनालाई जलवायु परिवर्तनसँग जोडेर हिमालयमा बढ्दै गएको जोखिमतर्फ पनि ध्यान दिनुपर्ने बताएका छन्। उनका अनुसार हिमालय क्षेत्रमा तापक्रम वृद्धि भइरहेको र त्यसले यस्ता विपद्को जोखिम बढाइरहेको विषयमा गम्भीर अध्ययन आवश्यक छ।

शाहले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा बढ्न सक्ने विपद्को जोखिमलाई नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्ने बताएका छन्। जलवायु परिवर्तन विश्वव्यापी योगदानको परिणाम भएकाले त्यसबाट उत्पन्न विपद्को प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारीको विषय भएको उनको भनाइ छ।

भोटेकोशी बाढीपछि भने प्रश्न केवल तत्कालीन उद्धार र पुनःस्थापनाको मात्र नभई हिमालय क्षेत्रमा यस्ता विपद्को सम्भावित जोखिम कति बढ्दै गएको छ भन्ने पनि बनेको छ। 


प्रकाशित : मंगलबार, भदौ १६ २०८३२०:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend