बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी बाढीबाट ७ हजारभन्दा बढी निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्यांक

मंगलबार, भदौ १६ २०८३
भोटेकोशी बाढीबाट ७ हजारभन्दा बढी निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्यांक

बाढीले देशका विभिन्न जिल्लामा ७ हजार ५७० वटा निजी आवासमा क्षति पुर्‍याएको सहरी विकास तथा भवन निर्माण विभागले प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ।

काठमाडौं- भोटेकोशी बाढीबाट विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएको छ।

बाढीले देशका विभिन्न जिल्लामा ७ हजार ५७० वटा निजी आवासमा क्षति पुर्‍याएको सहरी विकास तथा भवन निर्माण विभागले प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ।

बाढीपहिरोले सडक पूर्वाधारसमेत ध्वस्त बनाएको छ। सडक विभागको तथ्यांकअनुसार ४० किलोमिटर सडक पूर्णरूपमा बगाएको छ भने ३१ वटा पुलमा क्षति पुगेको छ। विशेषगरी गल्छी-बेत्रावती-रसुवागढी र पृथ्वी राजमार्गको गल्छी-मुग्लिङ खण्डमा सबैभन्दा बढी प्रभाव पारेको छ। 

बाढीले ५३ वटा झोलुंगे पुलमा क्षति पुगेको छ। स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक अशोककुमार साहका अनुसार कुल क्षतिग्रस्त पुलमध्ये ३३ वटा पूर्णरूपमा बगेका छन् भने २० वटा मर्मत गरी सञ्चालनमा ल्याउन सकिने अवस्थामा छन्।

भोटेकोशी बाढीमा परी अहिलेसम्म एक हजार जनाभन्दा बढीको मृत्यु भएको तथ्यांक आइसकेको छ। ४ हजारभन्दा बढी मानिस अझै सम्पर्कविहीन छन्।


प्रकाशित : मंगलबार, भदौ १६ २०८३१८:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend